PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

देउवाले दिल्लीमा देशको धज्जी उडाउनुभयो : केपी ओली



आकाश क्षेत्री

देउवाले दिल्लीमा देशको धज्जी उडाउनुभयो : केपी ओली
फाइल फोटो

काठमाडौं : शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा संसदले गरेको निर्णयको भारतसामु बताएर मुलुकको धज्जी उडाएको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्।

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्ड जाँदै गरेका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा पत्रकारसँग कुरा गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवामाथि यस्तो आरोप लगाएका हुन्।  

'अपशब्द प्रयोग गर्न मन त थिएन। तर, राम्रो शब्द के का लागि कसलार्इ खुसी पार्न गर्नु,' भन्दै आलीले भने, 'भर्खरै संविधान संशोधनको सम्बन्धमा नेपालको गरिमामय संसदले गरेको फैसलालार्इ उहाँले विदेशमा गएर धज्जी उडाउनुभएको छ। नेपालको संसदले गरेका निर्णयको सम्बन्धमा उहाँ आफै समेत सरिक र संलग्न भएर गरेका निर्णयको धज्जी उडाउनु भयो। र, उहाँले क्षमा याचनाको भाषामा भन्नुभएको छ - प्रभु मैले सकिन, कोशिश गर्या थिएँ। उहाँले याचना गर्नु भएको छ - सक्ने गराइदिनुस् भनेर।'  

पत्रकार भेटघाटमा ओलीले स्काउटको खुल्ला जमिन सरकार हत्याउने खेल खेलेको समेत आरोप लगाए। लैनचौरमा रहेको र त्यो जमिनमा सरकारले आफ्ना पक्षका केही व्यापारीलार्इ व्यापार प्रयोजनका लागि दिन लागेको ओलीको दावी छ। 

ओलीले भने, 'नेपाल स्काउटसँग लैनचौरमा जमिन छ। त्यो जमिन हडप्न  यो सरकार लागि परेको छ। मन्त्रीको एउटा ल्यान्ड डेप्लोप्मेन्ट संगठन छ। खड्का ल्यान्ड डेप्लोप्मेन्ट। र, यो जसको हो त्यही मन्त्री छ। मन्त्रीको एउटा कम्पनीलार्इ स्काउटको जमिन दिनै पर्ने रे!'   

मन्त्रीको दवावमा स्काउटका आयुक्तलार्इ जमिनको प्रकृया अगाडि बढाउन दवाव दिएको समेत आलीले आरोप लगाए। काठमाडौंमा खुल्ला ठाउँ नभएको अवस्थामा सरकारले खुल्ला ठाउँहरुमा व्यापारिक महलहरु बनाउन रोक्नुपर्ने ओलीको धारणा थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell