PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बलात्कार मुद्दामा दोषी ठहर भइ फरार भएका एक अभियुक्त प्रहरीद्वारा पक्राउ



पहिलोपोस्ट

बलात्कार मुद्दामा दोषी ठहर भइ फरार भएका एक अभियुक्त प्रहरीद्वारा पक्राउ

काठमाडौंः बलात्कारमा मुद्दामा दोषी ठहर भइ फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कार मुद्दामा दोषी ठहर भइ  फरार रहेका सुनसरीको धरानका विक्रम गहतराजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

सुनसरी जिल्ला अदालतले गहतराजलाई ११ वर्ष कैदको फैसला गरेको थियो।

फैसला कार्यान्वयनका लागि आज सुनसरी जिल्ला अदालतमा पेश गरेको र अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार कार्यालय झुम्का पठाइएको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell