काठमाडौं: फिल्म ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ। ‘आई एम सरी’ बोलको गीत बुधबार युट्युबमार्फत भिडियो सहित सार्वजनिक भएको हो। भिडियोमा फिल्मका मुख्य दुई कलाकार सौगात मल्ल र प्रियंका कार्कीको फिचरिङ रहेको छ।
गीतमा स्वर, शब्द र संगीत प्रवेश मल्लिकको रहेको छ। निरज कँडेलले खिचेको गीतको भिडियोलाई राजीव समरले कोरियोग्राफ गरेका हुन्। ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन्। कमेडी जनराको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
निराज महर्जनको लेखनमा बनेको फिल्म निकेश खड्काको निर्देशन रहेको छ। फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको मुख्य अभिनय रहने बताइएको छ।
कार्तिक १७ गते सार्वजनिक फिल्म ‘फाटेको जुत्ता’मा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ।
हेर्नुस् गित: