PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

शाहरुख खान हैन, पत्नी गौरीलाई सञ्जय लिला भन्सालीको अफर!



पहिलोपोस्ट

शाहरुख खान हैन, पत्नी गौरीलाई सञ्जय लिला भन्सालीको अफर!

शाहरुख पत्नी गौरी खानको मुम्बईमा हालै खुलेको स्टुडियोमा चर्चित निर्देशक सञ्जय लिला भन्साली पुगेका छन्। सेलिब्रिटी स्टुडियोमा पुग्नु सामान्य भए पनि भित्री कुरा विशेष थियो। त्यहीँ शाहरुख पनि थिए।

शाहरुखलाई लिएर भन्सालीले बनाएको देवदाश बलिउडका दर्शककासामु सधैं सम्झिन योग्य फिल्म हो। तर यसपाला भन्साली लगातार फ्लप फिल्म दिइरहेका शाहरुखलाई कुनै फिल्मको अफर गर्न आएका थिएनन्। उनी आएका थिए गौरी खानलाई भेट्न र अफर पनि उनैसँग राख्न।   


रणवीर सिंह र दीपिका पादुकोणको फिल्म पद्मावतीमा व्यस्त रहेका भन्साली आफ्नो समय चोर्दै गौरीको स्टुडियो पुगेका थिए।

सञ्जयले डिजाइनिङ/आर्ट निर्देशकका रुपमा उत्रन गौरीलाई अफर गरे। सञ्जयको फिल्ममा डिजाइन र आर्ट सबैभन्दा सुक्ष्म रुपमा तयार हुने गर्छ। भब्य सेट उनको विशेषता हो। त्यसमा गौरीले साथ देलिन् त? यसको जवाफ भने सजिलो छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell