शाहरुख पत्नी गौरी खानको मुम्बईमा हालै खुलेको स्टुडियोमा चर्चित निर्देशक सञ्जय लिला भन्साली पुगेका छन्। सेलिब्रिटी स्टुडियोमा पुग्नु सामान्य भए पनि भित्री कुरा विशेष थियो। त्यहीँ शाहरुख पनि थिए।
शाहरुखलाई लिएर भन्सालीले बनाएको देवदाश बलिउडका दर्शककासामु सधैं सम्झिन योग्य फिल्म हो। तर यसपाला भन्साली लगातार फ्लप फिल्म दिइरहेका शाहरुखलाई कुनै फिल्मको अफर गर्न आएका थिएनन्। उनी आएका थिए गौरी खानलाई भेट्न र अफर पनि उनैसँग राख्न।
Thank you for visiting the #GKD store, Sanjay. Your idea of me getting into set designing/art direction has got me thinking... pic.twitter.com/WLwJw5Zf2k
— Gauri Khan (@gaurikhan) August 25, 2017
रणवीर सिंह र दीपिका पादुकोणको फिल्म पद्मावतीमा व्यस्त रहेका भन्साली आफ्नो समय चोर्दै गौरीको स्टुडियो पुगेका थिए।
सञ्जयले डिजाइनिङ/आर्ट निर्देशकका रुपमा उत्रन गौरीलाई अफर गरे। सञ्जयको फिल्ममा डिजाइन र आर्ट सबैभन्दा सुक्ष्म रुपमा तयार हुने गर्छ। भब्य सेट उनको विशेषता हो। त्यसमा गौरीले साथ देलिन् त? यसको जवाफ भने सजिलो छैन।