काठमाडौं: यो वर्ष अमेरिकामा हुने दोस्रो नेपाली फिल्म अवार्डको मनोनयन घोषणा भएको छ। टेक्सासमा आयोजना हुने भनिएको 'नेम्पा फिल्म अवार्ड २०७४' को मनोनय सार्वजानिक भएको हो। अवार्ड कार्यक्रम नेपाली चलचित्र संघले डिएबिएस इन्टरटेन्टमेन्ट टेक्सास, डालससँगको सहकार्यमा आयोजना गरेको हो।
अवार्ड कार्यक्रम यही १७ सेप्टेम्बरमा हुने बताइएको छ। १८ विधाका अवार्डका लागि उत्कृष्ट ३ मनोनयन बारे चलचित्र संघले जानकारी दिएको हो। आयोजकका अनुसार मनोनयनमा पर्ने फिल्म तथा फिल्मकर्मीलाई यही भदौ १९ प्रमाण पत्र प्रदान गरिने छ।
यस्तो छ उत्कृष्ट ३ को सूची:
उत्कृष्ट नृत्य निर्देशक
रामजी लामिछाने (तीन घुम्ती)
विक्रम स्वार (लूट २)
कविराज गहतराज (राधा)
उत्कृष्ट संगीतकार
सुरेश गैरे (शब्द)
बसन्त सापकोटा (हाउ फन्नी)
राजनराज शिवाकोटी (छक्कापञ्जा)
उत्कृष्ट गायिका
मीना निरौला (लूट २)
मिलन अमात्य (हाउ फन्नी)
अञ्जु पन्त (छक्कापञ्जा)
उत्कृष्ट गायक
स्वरुपराज आचार्य (शब्द)
युवराज चौलागाईँ (पँलास)
कालीप्रसाद बास्कोटा (पुरानो डुङ्गा)
उत्कृष्ट गीतकार
सुरेश प्राञ्जल (बाटो मुनिको फूल २)
दयाराम पाण्डे (पलास)
डा. कृष्णहरि बराल (शब्द)
उत्कृष्ट छायाँकार
शैलेन्द्र डी कार्की (पुरानो डुङ्गा)
पुरुषोत्तम प्रधान (छक्कापञ्जा)
पुरुषोत्तम प्रधान (लूट २)
उत्कृष्ट सम्पादक
निमेश श्रेष्ठ (पुरानो डुङ्गा)
सुरेन्द्र पौडेल (लूट २)
विपिन मल्ल (छक्कापञ्जा)
उत्कृष्ट लेखक
रामबावु गुरुङ (पुरानो डुङ्गा)
प्रदीप भट्टराई (जात्रा)
दीपकराज गिरी (छक्कापञ्जा)
उत्कृष्ट हास्य कलाकार
विपिन कार्की (लूट २)
बुद्धि तामाङ (छक्कापञ्जा)
केदार घिमिरे (छक्कापञ्जा)
उत्कृष्ट खलनायक
सौगात मल्ल (लूट २)
अनुप विक्रम शाही (किङ)
अर्पण थापा (बाटो मुनिको फूल २)
उत्कृष्ट नव अभिनेत्री
मरिस्का पोखरेल (के म तिम्रो होइन र)
नम्रता श्रेष्ठ (गाँठो)
श्रृष्टी श्रेष्ठ (गाजलु)
उत्कृष्ट नव अभिनेता
सञ्जय गुप्ता (सफर)
आर्यन अधिकारी (के म तिम्रो होइन र)
आयुषमान देशराज जोशी (चपली हाइट २)
उत्कृष्ट सहअभिनेत्री
मेनुका प्रधान (पुरानो डुङ्गा)
वर्षा राउत (छक्कापञ्जा)
रीमा विश्वकर्मा (बाटो मुनिको फूल २)
उत्कृष्ट सह अभिनेता
माओत्से गुरुङ (पुरानो डुङ्गा)
रवीन्द्र झा (जात्रा)
सौगात मल्ल (निभ्न लागेको दियो)
उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की (छक्कापञ्जा)
केकी अधिकारी (लभ सासा)
श्रृजना सुब्बा (निभ्न लागेको दियो)
उत्कृष्ट अभिनेता
सौगात मल्ल (लुकामारी)
दयाहाङ्ग राई (बीर विक्रम)
विपिन कार्की (जात्रा)
उत्कृष्ट निर्देशक
दीपाश्री निरौला (छक्कापञ्जा)
रामबाबु गुरुङ (पुरानो डुङ्गा)
प्रदीप भट्टराई (जात्रा)
उत्कृष्ट चलचित्र
जात्रा
पुरानो डुङ्गा
छक्का पञ्जा