PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

चीनले सन् २०२० सम्म ६ हजार अवैध कोइलाखानी बन्द गर्ने



रासस

चीनले सन् २०२० सम्म ६ हजार अवैध कोइलाखानी बन्द गर्ने
फोटो श्रोतः telegraph.co.uk

बेइजिङ :  चीन सरकारले आगामी सन् २०२० सम्ममा देशभरीका झन्डै छ हजार गैरकानुनी कोइलाखानी बन्द गर्ने भएको छ। 

कोइलाखानीका कामदारको सुरक्षालाई ध्यान दिँदै अवैध कोइलाखानी बन्द गराउन सुरु गरिएको अधिकारीहरुले बताएका छन्। 

सन् २०१५ देखि यस्ता अवैध कोइलाखानीमा हुँदै आएको १५ प्रतिशत दुर्घटना घटेर १० प्रतिशत भएको मजदुर सुरक्षासम्बन्धी प्रान्तीय कार्यालयले जनाएको छ। 

अवैध कोइलाखानीलाई नियन्त्रण गर्नका लागि संयुक्त अनुगमन गर्ने, सूचना प्रवाह गर्न एउटा छुट्टै संयन्त्र बनाउने, मजदुरहरुको सुरक्षाका मापदण्ड बनाउनेलगायतका कार्य गरिने भएको छ। 

कोइलाखानीमा उद्धार टोली पुनः गठन गर्ने र अनुसन्धानबाट प्राप्त विवरणलाई सार्वजनिक गरी सुधार गराउने कार्य पनि गर्ने अधिकारीले बताएका छन्। 

चीनले कार्यक्षेत्रमा हुने दुर्घटना न्युनिकरणका लागि निकै महत्व दिएको छ। गत जनवरीदेखि जुलाइसम्ममा २७ हजार ४७८ वटा दुर्घटना भएका अधिकारीले बताएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell