PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

टर्की सरकारले प्रहरी, न्यायाधीश र वकिल गरी ३८ हजार कर्मचारी भर्ना गर्ने



रासस

टर्की सरकारले प्रहरी, न्यायाधीश र वकिल गरी ३८ हजार कर्मचारी भर्ना गर्ने
फोटो श्रोतः now.com

आङकारा :  टर्की सरकारले झन्डै ३८ हजार नयाँ प्रहरी, न्यायाधीश र वकिल भर्ना गर्न लागिएको जनाएको छ। 

आपतकालिनरुपमा उनीहरुलाई भर्ना गर्न लागिएको सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन्। 

टर्की प्रहरीले केन्द्र र प्रदेशमा गरी झन्डै ३२ हजार प्रहरीको दरबन्दी सृजना गरेको अधिकारीहरुले बताएका छन्। 

त्यस बाहेक बाँकी चार हजार पद न्यायाधीश र वकिलको लागि सृजना गरिएकोमा दुई हजार न्यायाधीशलाई कानुन मन्त्रालयअन्तर्गतको क्षेत्रीय कार्यालयमा नियुक्त गरिने छ। 

गतवर्षको जुलाई १५ मा भएको असफल सैन्य कू पश्चात टर्की सरकारले झन्डै एक लाख ५० हजार जना सरकारी अधिकारीलाई निष्कासन गरेको थियो। ती मध्ये ५० हजार प्रहरी र सरकारी कर्मचारी थिए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell