PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दुई नम्बर प्रदेशको निर्वाचन सुरक्षा तयारी पूरा



पहिलोपोस्ट

दुई नम्बर प्रदेशको निर्वाचन सुरक्षा तयारी पूरा

काठमाडौः नेपाल प्रहरीले आगामी असोज दुई गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी पुष्कर कार्कीले सुरक्षा तयारी मजबुद बनाइएको बताए।

दुई नम्वर प्रदेशका लागि २६ हजार ६ सय ९८ जना प्रहरी परिचालन हुने तयारी भएको डिआइजी कार्कीले जानकारी दिए। निर्वाचनमा म्यादी प्रहरी भने परिचालन नगरिने उनले बताए।

पहिलो र दोस्रो चरणको निर्वाचनमा सरकारले ७५ हजार म्यादी प्रहरी परिचालन गरेको थियो।

सुरक्षाका दृष्टिले पहिलो र दोस्रो निर्वाचनको तुलानामा दुई नम्बर प्रदेशलाई बढी संवेदनशील मानिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell