PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

वीरगञ्जमा मेयरको टिकटको विषयलाई लिएर राजपाका कार्यकर्ताबीच झडप



पहिलोपोस्ट

वीरगञ्जमा मेयरको टिकटको विषयलाई लिएर राजपाका कार्यकर्ताबीच झडप

वीरगञ्जः वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मदेवार छनोटको विषयलाइ लिएर राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच झडप भएको छ।
 
उम्मेदवार छनोछ र चुनावी रणनीतिको विषयमा छलफल गर्न वीरगञ्जको होटल कुमु प्यालेसमा आज राजपाको बैठक बस्ने तय भएको थियो। 

राजपाको केन्द्रीय कार्य समितिले चुनावमा पर्सा जिल्लाका लागि खटाएका केन्द्रीय पर्यवेक्षक विजय गुप्ता र पर्सा अध्यक्ष मण्डलका सदस्य तथा केन्द्रीय सदस्य र पदाधिकारीहरु मात्रै बैठकमा सहभागी हुने भनिए पनि राजपाबाट मेयरका आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंह दुवै समूहका कार्यकर्ताहरु नाराबाजी गर्दै ठुलो संख्यामा कार्यकर्ता होटलमा पुगेपछि  स्थिति तनावपूर्ण बनेको हो। 

बैठक सुरु नहुँदै श्रीवास्तव र सिंहका कार्यकर्ताले आफ्ना नेताका पक्षमा चर्को नाराबाजी गर्ने क्रममा दुवै समूहबीच झडप भएको हो। झडपपछि बैठक केहीबेर स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell