PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

कम्तिमा १३ जनाको गोली लागेर मृत्यु, रकस्टार बाबा अर्थात राम रहिमका समर्थकको तोडफोड जारी



पहिलोपोस्ट

कम्तिमा १३ जनाको गोली लागेर मृत्यु, रकस्टार बाबा अर्थात राम रहिमका समर्थकको तोडफोड जारी

बलात्कारको सजाय सुनाइएका उत्तर भारतका धार्मिक नेता गुरुमित राम रहिमको पक्षमा उत्रिएका आक्रमक समूहलाई नियन्त्रणमा लिँदा कम्तिमा पनि १३ जनाले ज्यान गुमाएका छन्।

प्रहरीको गोली लागि ज्यान गुमाउनेहरु राम रहिमका भक्क रहेको अनुमान गरिएको छ। उनका नाममा चन्डीगढ नजिकै हिंसा भड्किएको छ। उनका समर्थकहरुले तोडफोड जारी राखेका छन्। कम्तिमा पनि दुई रेल वे स्टेसनहरु आक्रमणकारीको चपेटमा परी आगजनी भएको छ। उनीहरुले गाडी तथा मिडियाका ओबी भ्यानसमेत जलाएका छन्।

१३ जना मरेको सूचना भने अस्पतालले जारी गरेको हो। 

दारा सच साउदका रुपमा चिनिने उनको मुख्य आश्रममा सन् २००२ मा दुई जना महिलामाथि बलात्कार भएको मुद्दामा उनी दोष ठहरिएका थिए।

आजै उनको मुद्दामा फैसला हुनासाथ २ लाख भन्दा बढी समर्थकहरु सडकमा उत्रिएका थिए। 

हजारौंको संख्यामा सेना, प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। तिनीहरुले अश्रु ग्यास, पानीका फोहरा फ्याकेर नियन्त्रणको प्रयास गरिरहेका छन्।

दर्जनौं मानिसहरु झडपमा परी घाइते भएका छन्। पञ्जावका धेरै ठाउँमा कर्फ्युसमेत लगाइएको छ।

हिंसा भारतको राजधानी नयाँ दिल्लीसम्मै फैलिएको छ। दिल्लीमा बसमाथि आगलागी भएको छ भने रेलका दुई डिब्बा जलाइएको छ। उनलाई सोमबार सजायँ तोकिने सम्भावना छ।

रकस्टार बाबाका रुपमा समेत परिचय बनाएका उनका फिल्महरु छन्। व्यवसायमा उनी उत्तिकै सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell