
अन्तत: स्पानिस क्लब बार्सिलोनाले नेमारको स्थानमा बोरुसिया डर्टमण्डमा ओसमान डेम्बेलेललाई क्लब भित्र्याउने पक्का भएको छ।
उनी नेमारपछिको महँगो खेलाडी बन्दै नोउ क्याम्प पुग्नेछन्। डेम्बेलेलाई अनुबन्ध गर्न बार्सिलोनाले १०५ मिलियन युरो तिर्नुपर्ने र त्यसमा केही रकम थप हुने गरी दुई क्लबबीच सम्झौता भएको हो। यसै सिजन नेमार २२२ मिलियन युरोमा पिएसजी गएपछि बार्सिलोनाको उनलाई रिप्लेस गर्ने खेलाडीको खोजिमा थियो।
२० वर्षे फ्रेन्च फरवार्ड डेम्बेलेले बार्सिलोनामा ५ वर्षको सम्झौता गर्नेछन्। र उनको बाई-आउट क्लब ४०० मिलियन युरो तोकिएको छ।
बार्सिलोनाले शुक्रबार वेलकम ओसमान डेम्बेले भन्दै उनको बार्सज अंकित जर्सी सहितको फोटो आफ्नो अफिसियल वेव साइट र सामाजिक सञ्जालमा पोस्ट गरेको थियो।
बार्सिलोनाले डेम्बेलेलेलाई 'महादेशकै उत्कृष्ट मध्ये एक' भनेको छ। यस्तै बार्सा प्रशिक्षक एर्नेस्ट भलभर्डले डेम्बेले क्लबलाई धेरै खुशी दिने विश्वास गरेका छन्।
👋 Benvingut @Dembouz!
— FC Barcelona (@FCBarcelona) August 25, 2017
👋 ¡Bienvenido Dembélé!
👋 Welcome Dembélé!
👋 Bienvenue Dembélé!
🔵🔴 #BeBarça pic.twitter.com/gTl0YXCEd6
यस्तै डेम्बेलेले पनि ट्वीटरमा 'भिस्का बार्सा, भिस्का क्याटोलोनिया' भनेर पोष्ट गरेका छन्।
डेम्बेले आइतबार बार्सिलोना पुग्नेछन्। सोमबार बिहान उनको स्वाथ्य परिक्षण हुने र सोमबारै बार्सिलोनाको खेलाडीको रुपमा प्रस्तुत गरिने क्याटलाना क्लबले जनाएको छ।
अब उनै नेमारले खाली गरेको ११ नम्बर जर्सी डेम्बेलेले लगाउने क्याटलन क्लबले जनाएको छ।
ब्राजिलियन फरवार्ड नेमार विश्व कीर्तिमानी रकममा फ्रेन्च क्लब पिएसजी बार्सिलोनाले डेम्बेले सँगै लिभरपुलका फिलिप कउटिन्हो र युभेन्ट्सका पाउलो डिबलालाई भित्र्याउने प्रयास गरेको थियो। डिबलालको नाम धेरै चर्चामा नआएपनि कउटिन्होलाई बार्सिलोनाले ३ पटक आकर्षक रकम प्रस्ताव गरेपनि लिभरपुलले अस्वीकार गरेको हो।