PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

बर्दियाको जिससमा माओवादी एमालेको संयुक्त समूह विजयी



रासस

गुलरिया : जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को संयुक्त समूहबाट प्रमुखमा शंकर थारु विजयी भएका छन्।

त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्षमा मानबहादुर विष्ट तथा सदस्यमा शान्ति थारु, रामसुमीरण यादव र धनबहादुर सुनार एवं माओवादी केन्द्रबाट शान्ति थारु, कल्पना थारु, सूर्यबहादुर सुनार र भक्तिराम अधिकारीले १२-१२ मत प्राप्त गरी विजयी भएका छन्।

उक्त निर्वाचनपछि नवनिर्वाचित प्रमुख, उपप्रमुख र सदस्यलाई मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पौडेलले शपथ गराए। नवनिर्वाचित प्रमुख र उपप्रमुखले शुक्रबार नै पदभार ग्रहण गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell