PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पिएसजीको लगातार चौथो जित



पहिलोपोस्ट

पिएसजीको लगातार चौथो जित

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा लगातार चौथो जित हात पारेको छ। चार खेलसमम्म अपराजित रहने क्रममा पिएसजीले अर्को अपराजित टोली सेन्ट एटिएनेलाई ३-० ले हरायो।

पिएसजीको जितमा एडिनसन कभानीले २ तथा थिएगो मोट्टोले १ गोल गरे। विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी पुगेमा नेमारले यसअघिका दुई खेलमा गोल गरेपनि सेन्ट एटिएने विरुद्ध गोल गर्न सकेनन्।

पिएसजीले ४ खेलमा १४ गोल गर्दा २ गोल मात्र बोहोरेको छ।

लगातार चार जितपछि पिएसजी १२ अंकका साथ लिगको शीर्ष स्थानमा छ भने ३ खेलबाट ९ अंक जोडेको मोनाको दोस्रो स्थानमा छ। पिएसजीसँग हारेपनि ४ खेलबाट ९ अंक झोडेको सेन्ट एटिएने तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell