PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

यिङलक शिनावात्रालाई पक्राउ गर्न सर्वोच्च अदालतको आदेश



रासस

यिङलक शिनावात्रालाई पक्राउ गर्न सर्वोच्च अदालतको आदेश
फोटो श्रोतः jaagtv.com

बैङ्ककः थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध शुक्रबार पक्राउ आदेश जारी गरेको छ। 

आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन्। 
 
सर्वोच्च अदालतले शुक्रवार शिनावात्रविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेपनि अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको छ। 

छ वर्षअघि उक्त मुद्दा शिनावातको जितसँग जोडिएको चामलसम्बन्धी अर्बौं डलरको अनुदानसँग सम्बन्धित रहेको बताइएको छ।
 
थाइल्याण्डको सैनिक सरकारले बजार मूल्यभन्दा दोब्बर मूल्यमा तत्कालीन सरकारले जनताका सबै चामल खरिद गर्दा भ्रष्टाचार भएको आरोप लगाएको छ। 

दोषी ठहर भएमा शिनावातले १० वर्षका लागि जेल सजाय भोग्नुपर्ने हुनसक्छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell