PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

बाग्लुङमा साढे ११ हजार मतदाता थप



रासस

बाग्लुङमा साढे ११ हजार मतदाता थप

बाग्लुङ : जिल्लामा ११ हजार ५४७ जना मतदाता थपिएका छन्। दश स्थानीय तहबाट नयाँ मतदाताले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका हुन्।

निर्वाचन आयोगले गत साउन १ देखि यही भदौ ३ गतेसम्म नामावली दर्ताका लागि समय तोकेको थियो। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको कूल मतदाता संख्या बढेर एक लाख ६८ हजार ३४९ पुगेको छ।

यसअघि जिल्लामा एक लाख ५६ हजार ८०२ मतदाता थिए। बागलुङ नगरपालिकामा सबैभन्दा बढी तीन हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताउए। सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले मतदाता नामावली दर्ता गराएका छन्। नयाँ थप भएका मतदातामध्ये महिला पाँच हजार ४१८ र पुरुष छ हजार १२९ छन्।

जिल्लामा भएको मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश निर्वाचनमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell