PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

यसरी मनाइयो ऋषि पञ्चमी, फोटोमा हेर्नुस्

यसरी मनाइयो ऋषि पञ्चमी, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। 

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्।

रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

आज काठमाडौँको टेकु, पशुपति, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमामा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुईंचो लाग्ने गर्दछ ।
 


ट्रेन्डिङ पोस्ट

Ncell