PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो



रासस

 रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
फोटो श्रोतः independent.co.uk

पाँचकुला : उत्तरी भारतीय सहरमा शनिबार सयौं सैनिक तैनाथ गरिएपनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। 

हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि प्रदर्शन सुरु भएको थियो। 

प्रदर्शनका क्रममा अन्य २ सय घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ। यद्यपी सरकारी स्रोतले एएफपी समाचार समितलाई दिएको जानकारी अनुसार जारी प्रदर्शनकम क्रममा कम्ती ३२ जनाको मृत्यु भएको छ। घटनामा गोली प्रहारबाट नै व्यक्तिहरु हताहत भएका छन्। 

गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’का प्रमुखसमेत रहेका सिंहका समर्थकद्वारा भएको प्रदर्शनका क्रममा देशका विभिन्न सहरमा उनीहरुको मृत्यु भएको हो। 

हरियाणा राज्यको पञ्चकुला सहरमा सिंहका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका सवारीसाधन, सार्वजनिक तथा निजी सवारी साधनहरु, भवन तोडफोड गरेका छन्। 

उनीहरुले कतिपय ठाउँमा आगजनीसमेत गरेका सरकारी अधिकारीहरुले बताएका छन्। 

हरियाणा र छिमेकी राष्ट्र पञ्जावमा मोवाईल फोन सेवा अवरुद्ध भएको छ। हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ। 

सिंहले आफ्ना दुई जना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनलाई दोषी भएको जनाएको थियो। 

सीबीआईका न्यायाधीश जगदीप सिंहका अनुसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै आगामी अगस्त २८ गते सजाय सुनाइने बताएका छन्। सिंहका अनुसार गुरमितलाई सातदेखि १० वर्षसम्मको कैद हुनसक्ने छ। 

प्रदर्शनका क्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मीसहित झण्डै २०० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन्। 

प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका सहरहरूमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्यास, पानीका फोहरा, हवाई फाएर गरेको प्रदर्शनकारीले जनाएका छन्।

प्रदर्शनकारीले जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी गरेका छन्। पचास वर्षीय गुरमितको विश्वभरी ६ करोड समर्थक रहेका अनुमान गरिएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell