PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आक्रमणबाट घाइते भएका धुलिखेल नगरपालिका-२ का वडा अध्यक्ष राजन कोइरालाको निधन



रासस

आक्रमणबाट घाइते भएका धुलिखेल नगरपालिका-२ का वडा अध्यक्ष राजन कोइरालाको निधन
फोटो : कपिल कोइरालाको फेसबुकबाट

बनेपा :  काभ्रेको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ। 

गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेका बेला कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो।

आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ। 

उनको टाउकोमा गम्भीर चोट लागेको थियो। कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला परेका थिए। 

नेकपा एमालेबाट निर्वाचित कोइरालाका एक श्रीमती, तीन छोरा र बुबा, आमा छन्। उनी जिल्लामा सामाजिक अभियन्ताको रुपमासमेत परिचित थिए । 

प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले आक्रमण गर्ने दोषीको खोजी भइरहेको बताउँदै सिआइवीले पनि घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell