PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

ठगी आरोपमा पूर्वराजदूत हमिद अन्सारीका छोरा वीरगञ्जमा पक्राउ



राधेश्याम पटेल

ठगी आरोपमा पूर्वराजदूत हमिद अन्सारीका छोरा वीरगञ्जमा पक्राउ

वीरगञ्जः साउदी अरबका लागि नेपाली पूर्वराजदूत  हमिद अन्सारीका छोरा ठगी अभियोगमा पक्राउ परेका छन्। 

प्रहरीले शुक्रवार दिउसो अन्सारीका छोरा जौवाद अन्सारीलाई वीरगञ्ज–१५ मुर्लीबाट पक्राउ गरेको हो। 

अन्सारीले चिकित्सा शास्त्रको एमडी कोर्समा आफ्नो सेटिङ भएको र  भनसुन गरी छात्रवृत्ति मिलाइदिने भन्दै लाखौ रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पर्सा प्रहरीको सहयोगमा अन्सारीलाई पक्राउ गरेको हो। पक्राउ परेका अन्सारी ठगीसहित वीरगञ्जमा अवैध जग्गा प्लटिङ र विक्री बितरण गर्ने गरेकोसमेत खुलेको छ।

पूर्वराजदूत अन्सारी पनि साउदीमा मृत्यु हुने नेपालीहरुको पठाइने बीमा रकममा घोटाला गरेको अभियोगमा दोषी ठहर भइ केही समय जेल बसेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell