
बलिउड स्टार सलमान खानको फिल्मी करिअरको २९ वर्ष पूरा भएको छ। सफलताको उचाइमा सधै रहन सफल उनी सम्भवत बलिउडको सबैभन्दा धेरै फ्यान फलोइङ एक्टर हुन्। अझै पनि धेरैले सन् १९८९ मा आएको फिल्म मैने प्यार कियालाई सलमानको डेब्यु फिल्म ठान्छन्। त्यसको एक वर्षअघि फिल्म विवी हो तो ऐसी मा सपोर्टिङ रोलबाट उनी बलिउड छिरेका थिए।
त्यसयता सलमान खानले धेरैखाले भूमिका आफूलाई परीक्षण गरिरहे। एउटा प्रेम युवक, रिसाह, एक्सन हिरो र भ्रष्ट प्रहरी पनि – जस्तो भूमिका आए पनि दर्शकले उनको वाह वाह नै गरिरहे।
बलिउडमा सलमानको सबैभन्दा लोकप्रिय नाम रह्यो प्रेम। १५ वडा फिल्ममा उनी यही नामले चिनिए। मैने प्यार किया, अन्दाज अपना अपना, हम आपके है कौन…!, हम साथ साथ है, प्रेम रतन धनपायो ती मध्येका केही फिल्म हुन् जसमा दर्शकले सलमानलाई प्रेमका रुपमा चिने। उनका चर्चित फिल्म :
बिबी हो तो ऐसी १९८८
सपोर्टिङ रोलमा सलमान देखिए पनि फिल्मको लिड रोलमा थिए रेखा र फराक सिद्धकी। पहिलो फिल्ममा बिक्कीको रोलमा उत्रिका उनी निक्कै कन्फिडेन्ट देखिएका छन् फिल्ममा।
मैने प्यार किया १९८९
लिड रोलका रुपमा सलमानको यो डेब्यु रह्यो जुन निक्कै सफल पनि भयो। सुरज बर्जात्यको निर्देशनमा सलमान खान लबर व्वायका रुपमा उदाए।
साजन १९९१
आकाश वर्माको रोलमा देखिएका सलमानले यो फिल्मबाट पनि धेरैको मुटु चोरे। सलमान र सञ्जय दत्तको लिड रोल रहेको फिल्म सफल रह्यो। सलमान, सञ्जय र माधुरी दीक्षितबीचको त्रिकोणात्मक प्रेम कथा थियो फिल्ममा।
अन्दाज अपना अपना १९९४
सलमान खानको करिअरमा सबैभन्दा राम्रो कमेडी फिल्मको सूचीमा अगाडि छ यो फिल्म। सलमान खान र आमिर खान लिड रोलमा छन् भने उनीहरुको अपजिटमा करिष्मा कपुर र रविना टन्डन।
हम आप के है कौन १९९४
यो फेमेली ड्रामा सलमानको करिअरमा दोस्रो ठूलो ब्लकबस्टर बन्यो। प्रेम र निशा (माधुरी दीक्षित)बीचको प्रेम कथा सिनेमा हलमा वर्षदिन भन्दा धेरै टिकिरह्यो।

जुडुवा १९९७
सलमान खानको डबल रोलमा इन्ट्री यही फिल्मबाट भयो र त्यसको सिक्वेल १९ वर्षपछि रिलिज हुने तयारीमा छ। ड्रामा र कमेडीको मिश्रण रहेको फिल्ममा रम्भा र करिष्मा कपुरले सलमानको साथ दिएका थिए।
प्यार किया तो डरना क्या १९९८
यो फिल्मा सलमान खानको सर्टलेस अवतारले धेरैको ध्यान खिच्यो। त्यसपछि कपडा फुकाल्नु उनको पहिचान नै बन्यो। काजोलसँग जोडी बनेको सलमान खानको यो अर्को सफल फिल्म थियो।
बीबी नम्बर वान १९९९
बिहेइतरको सम्बन्धको कथामा बनेको फिल्म बीबी नम्बर वानमा सलमानको घरवालीको भूमिकामा रहिन करिष्मा कपुर र बाहरवालीको भूमिकामा सुस्मिता सेन। कमिक रिभेन्ज ड्रामा फिल्म डेभिड धवनको निर्देशनमा बनेको थियो भने फिल्ममा अनिल कपुर र तब्बुको जोडी पनि सपोर्टिङ रोलमा थियो।
हम दिल दे चुके सनम १९९९
सञ्जय लिला भन्सालीको निर्देशनको ब्लकबस्टर फिल्म रह्यो यो। सलमान खान र ऐश्वर्या रायबीच प्रेमको चर्चाले पनि फिल्मलाई माथि पुर्या।यो। रोमान्टिक म्युजिकल ड्रामा सलमानले समीरको भूमिका निभाएका थिए।
तेरे नाम २००३
फरक हेयर स्टाइलसहित सलमान खानले फरक पहिचानको फिल्म दिए बलिउडमा। तेरे नाम हेयर कट लामैसमय फेसनमा रह्यो। लभ स्टोरी तेरे नाममा सलमान रधेका रुपमा उदाए।
वान्टेड २००९
प्रभु देवाको निर्देशनमा बनेको फिल्म वान्टेड सलमान खानको करिअरको दोस्रो इनिङ बन्यो। बक्स अफिसमा कमजोर हिरोका रुपमा स्थापित भइरहेका सलमान खानलाई यो फिल्मले फेरि माथि तान्यो। एक्सन हिरोका रुपमा त्यसयता सलमान खानले बलिउडमा बलियो दावेदारी कायम राखे। 
दवङ २०१०
चुलबुल पान्डेका रुपमा सलमान खानको प्रहरी अवतार झन सशक्त बन्यो दबङमार्फत्। सलमानको अपोजिटमा डेब्यु गरेकी सोनाक्षी सिन्हाले फिल्मको सफलतासँगै बलिउडमा आफूलाई स्थापित गरिन्।
एक था टाइगर २०१२
एउटा जासुसका रुपमा सलमान खानको सफल फिल्म बन्यो एक था टाइगर। कैटरिना कैफसँगको सिल्भरस्क्रिन गजबले चम्कियो फिल्मबाट। बक्स अफिस रेकर्डहरु तोडेर सलमान खानको यो फिल्मले धेरैलाई चुनौती दिन सक्यो।
बजरङ्गी भाइजान २०१५
सलमान खानको फरक खालको फिल्ममध्ये एक बन्यो बजरङ्गी भाइजान। फिल्ममा को स्टार रहेकी हर्षिका मल्होत्राले करिना कपुरको भूमिकाभन्दा धेरै नै चर्चा बटुलिन्। फिल्म सुपर हिट रह्यो।
प्रेम रतन धन पायो २०१५
सलमान खान यो फिल्मबाट पुन: मैने प्यार कियाका निर्देशकसँग जोडिए। फेमेली ड्रामामा सलमान युवराज विजय सिंह र प्रेम दिलवालेको भूमिकामा देखिए।
सुल्तान २०१६
सलमान खानको यो फिल्म उनको बक्स अफिस रेकर्डका आधारमा सबैभन्दा बलियो फिल्म बन्यो। एउट असफल कुस्तीवाजको भूमिका सलमान खान देखिए भने उनको अपोजिटमा अनुस्का शर्मा।