PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

दाङमा फेला परे पाँचजना डेङ्गुका बिरामी 



रासस

दाङमा फेला परे पाँचजना डेङ्गुका बिरामी 

दाङ :  दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन्। तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन्। 

अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा सुवोधकुमार शर्माले जानकारी दिए।

तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला, शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेङ्गु फेला परेको हो। 

अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केका र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा। शर्माले जानकारी दिए।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ। यस अघिपनि जिल्लामा १३ जना डेङ्गु रोगका विरामी फेला परेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell