PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

प्रचण्डको टिप्पणीः प्रदेश र केन्द्रको चुनावी प्रक्रियालाई भारतले समर्थन गर्नु सकारात्मक



रासस

प्रचण्डको टिप्पणीः प्रदेश र केन्द्रको चुनावी प्रक्रियालाई भारतले समर्थन गर्नु सकारात्मक

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको बताएका छन्। 

प्रेस सेन्टरले धनगढीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन सुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गरे। 

प्रचण्डले भने,‘प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक कुनै पनि विषयमा नपसेको कुरा तपाईंहरुले थाहा पाइसक्नु्भएको छ।’

राजपा पनि चुनावमा भाग लिन सहमत हुँदा संविधान कार्यान्वयनका लागि खुसीको विषय भएको उल्लेख गर्दै प्रचण्डले अब सबैको सहभागितामा संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएर देशलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिमा लैजानुपर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell