PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

साफ यू-१५ च्याम्पियनसिप : फाइनलका लागि नेपाल र भारत तयार



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : फाइनलका लागि नेपाल र भारत तयार
फोटोः एन्फा

काठमाडौ‌ :  ललितपुरमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपको उपाधिका लागि आइतबार नेपाल यू-१५ र भारत यू-१५ बीच खेल हुँदैछ।

फाइनल अघि शनिबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र भारत दुवैका प्रशिक्षक र कप्तानले फाइनलको लागि तयार रहेको बताएका छन्। 

नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले समूह चरणमा गरेको गल्तीलाई सुधार गर्दै फाइनलमा राम्रो खेल्ने बताए।‘हामीले ३ खेल खेलिसकेपछि कन्फिडेन्स पनि बढेको छ। फाइनल भारतलाई हराउँदै इतिहास रच्ने अवसर छ।’

‘प्रतियोगितामा भारत सबैभन्दा बलियो टोली हो। तर हाम्रो मोरल हाई छ। हामी जित्नकै लागि खेल्नेछौँ।’

यस्तै भारतका प्रशिक्षक बिलियानो फर्नान्डेजले फाइनल समूह चरण भन्दा धेरै फरक हुने प्रतिक्रिया दिए।‘हामीले समूह चरणमा पनि नेपालसँग खेलिसक्यौँ।  हामीले फाइनल फरक हुने अपेक्षा गरेका छौँ। नेपालले पनि फरक तरिकाले खेल्ने अपेक्षा छ। समूह चरण भन्दा फाइनल नितान्त फरक हुन्छ।’

उनले एउटै टिमलाई लगातार हराउन गाह्रो पर्ने पनि बताए।‘निश्चय नै एउटै टिमलाई लगातार दुई खेलमा हराउनु कठिन हुन्छ। हामीले समूह चरणमा हरायौँ तर फाइनल गाह्रो हुन्छ। नेपाल होम टिम हो। नेपाललाई घरेलु मैदानको फाइदा छ।’

समूह चरणमा नेपाल भारतसँग २-१ ले पराजित भएको थियो। 

नेपाल र भाररबीचको फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भोलि अपरान्ह ३ बजे हुनेछ। आइतबारै हलचोकस्थित एपीएफको मैदानमा बंगलादेश र भुटानबीच तेस्रो स्थानको लागि खेल हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell