PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने



रासस

काठमाडौँ :  शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ। 

स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए। उनले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताए। 

उनले यसै आर्थिक वर्षदेखि हामीले पुस्तकालय बनाउने काम सुरु गर्ने उल्लेख गरे। 

उनका अनुसार यस आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको छ। जसका लागि मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ। एउटा पुस्तकालयका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

यसैगरी सातवटा प्रदेशमा पनि प्रादेशिक पुस्तकालय बनाउने उनले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell