PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार गोर्कालाई हटाउने



रासस

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार गोर्कालाई हटाउने
फोटो श्रोतः theguardian.com

वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सल्लाहकार सेवास्टिएन गोर्कालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट हटाउने भएका छन्।

सेवास्टिएनले अव धेरै दिन राष्ट्रपति कार्यालयमा काम गर्न नपाउने एक अधिकारीले पुष्टि गरेका छन्। 

‘सेवास्टिएन गोर्काले राजिनामा दिनुभएको थिएन, तर उहाँले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने हुनुभएको छ,’ ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ।

४६ वर्षीय गोर्का राष्ट्रपति उपसहायकको रुपमा कार्यरत छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell