PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

मैत्रीपूर्ण भलिबल : नेपालले डेनिस क्लबललाई हरायो



पहिलोपोस्ट

मैत्रीपूर्ण भलिबल : नेपालले डेनिस क्लबललाई हरायो

काठमाडौं : मैत्रीपूर्ण भलिबल खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले डेनमार्कको क्लब भिलवोभालाई ३–१ को सेटमा पराजित गरेको छ।

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा शनिबार भएको खेलमा नेपालले डेनिस क्लबलाई १७–२५, २५–१५, २५–२३ र २५–२३ को सेटमा हरायो।

पहिलो सेट हारेपनि त्यसपछि लगातार तीन सेट जित्दै घरेलु कोर्टमा नेपालले जित हात पारेको हो।

जितपछि नेपालले डेनिस क्लबसँगको दुई खेलको सिरिज १-१ ले बराबरी गरेको छ। यसअघि डेनमार्कमै गएर खेलेको खेलमा नेपाल पराजित भएको थियो। घरेलु कोर्टमा नेपालले त्यसको बदला समेत लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell