PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

'पलेंटी'मा मीना निरौलाले दिइन् एकल प्रस्तुती



पहिलोपोस्ट

'पलेंटी'मा मीना निरौलाले दिइन् एकल प्रस्तुती

काठमाडौं: गायिका मीना निरौलाको प्रस्तुती रहेको ‘पलेंटि’ संस्करण सम्पन्न भएको छ। उनले संगीतकार आभासको एकल संगीतमा गीतहरु प्रस्तुत गरेकी हुन्।

मीनाले पलेंटीमा आफ्नो मात्र गीतहरु मात्र प्रस्तुत गरिनन्। आफ्नो एकल साँझको शुरुवात दुई अग्रज गीतकार वैरागी काईंला र मञ्जुलका गीत ‘औंलाहरू चुमेर’र ‘आज राति सपनामा’ बाट गरिन्। त्यस्तै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका दुईवटा गीत ‘जिन्दगीको मौसम’र ‘आप्सराको रुप’प्रस्तुत गरिन्।



मनिपुरमा हुर्किएर विवाहपछि नेपाल भित्रिएकी गायिका मीना निरौला सन् २००७ देखि पलेंटी सांगीतिक शृंखलामा आवद्ध छिन्। नेपाली आधुनिक संगीतका मूर्धन्यव्यक्तित्वहरू अम्बर गुरुङ, शान्ति ठटाल, कर्म योञ्जन, रत्न शमशेर थापा, प्रेमध्वज, दिनेश अधिकारी लगायत थुप्रै अग्रजहरूसँग पलेँटीमा सहभागी भएको अनुभव उनले बटुलेकी छिन्। उनको गायनको एक प्रस्तुती भने पहिलोपटक गरेकी हुन्।

कार्यक्रमको दोस्रो चरणमा मीनाले कवि श्रवण मुकारुङका आधा दर्जन गीत प्रस्तुत गरिन्। मीनाले आफ्नो लगायत अरुको गीतहरु गाएकी हुन्। आभास र मीनालाई वाद्यवादनतर्फ सुरज प्रधानले गीटार, दिनेश रेग्मीले कीबोर्ड, बुद्ध लामाले बाँसुरी, सुन्दर महर्जनले पर्कसन र शन्देशमहर्जनले तबलामा साथ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell