
रोमेलुल लुकाकु पेनाल्टीमा गोल गर्न चुकेपनि म्यानचेष्टु युनाइटेडले प्रिमियर लिगमा लगातार तेस्रो जित हासिल गरेको छ। वैकल्पिक खेलाडीको दुई गोल मद्दतमा शनिबार भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई २-० ले हरायो।
युनाइटेडको जितमा मार्कुस रासफोर्ड र माराउने फेलाइनीले एक-एक गोल गरे। त्यसअघि ५३ औँ मिनेटमा पेनाल्टी अवसर प्राप्त गरेपनि लुकाकुको पेनालटी प्रहार लेस्टरका किपर क्यास्पर सेमिकलले सेभ गरेका थिए।
तर ६७ औँ मिनेटमा मटाको स्थानमा मैदान प्रवेश गरेका रासफोर्डले ७०औँ मिनेटमा गोल गरेपछि युनाइटेडले अग्रता लियो। यस्तै ७४औँ मिनेटमा हेनरिख मिखातर्यानको स्थानमा मैदान छिरेका पेलाइनीले ८२औँ मिनेटमा गोल गरेपछि युनाइटेडले लगातार तेस्रो जित निकालेको हो।
जितपछि ३ खेलमा ९ अंक जोडेको युनाइटेड शहरी प्रतिद्वन्दी सिटीलाई पछि पार्दै पुन: शीर्ष स्थानमा उक्लेको छ। ३ खेलबाट ७ अंक रहेकव सिटी दोस्रो स्थान छ।
लिगकै अन्य खेलमा न्यूकासल युनाइटेडले वेष्टहम युनाइटेडलाई ३-० तथा स्वान्सी सिटीले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको छ।
वेष्टहम र प्यालेसको यो लगातार तेस्रो हार हो।
साउथह्याम्पटन र हडश्फिल्ड टाउन तथा वाटफोर्ड र ब्राइनबीचको खेल गोलरहित बराबरीमा सकियो।