PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर घाइते



पहिलोपोस्ट

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गोरखा : गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ।

सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन्।

चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको थियो भने सहचालकको उपचार भइरहेको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

सिरानचोक पुगेर पालुङ्टार फर्कदै गर्दा ट्रयाक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell