PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

'मिस टिन २०१७' को लागि छानिए ३० युवती



पहिलोपोस्ट

'मिस टिन २०१७' को लागि छानिए ३० युवती

काठमाडौँ: काठमाडौँ जेसिसको आयोजनामा हुने ‘मिस टिन नेपाल-२०१७’ को लागि दोस्रो अडिसन सम्पन्न भएको छ। शनिबार भएको सौन्दर्य प्रतियोगिताको अडिसनबाट ३० प्रतिस्पर्धी छानिएका छन्। यो मिस टिनको १५ औं संस्करण हो।

शनिबार भएको अडिसनमा ४५ जना सहभागी थिए। प्रथम चरणको अडिसनमा सहभागी ७३ युवतीमध्येबाट छानिएकाहरु दोस्रो चरणमा प्रतिस्पर्धा गरेका हुन्। काठमाडौं जेसिज मिस टिन नेपालकी कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापाले दिएको जानकारी अनुसार दोस्रो चरणबाट छानिएकाहरु अब प्रशिक्षणमा सहभागी हुनेछन्।

दोस्रो चरणको अडिसनमा काठमाडौं जेसिजका पूर्वअध्यक्षहरु शुशिलकुमार श्रेष्ठ, गणेश पौडेल, तालिम निर्देशक सुरेन्द्र शाही ठकुरी, निवर्तमान अध्यक्ष सुमन महर्जन, कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापा, मिस टीन नेपाल २०१५ की विजेता धृती केसी, २०१५ कि उपविजेता रोजी गिरी, मिस टीन नेपाल २०१६ की उप विजेता उर्जा नेवाको जुरी प्यानलले सहभागी युवतीहरुको अडिसन लिएको थियो।

काठमाडौं जेसिजले १९९४ मा मिस नेपाल गरेपछि मिस नेपाल पछिको दोस्रो ठूलो सुन्दरी प्रतियोगिताको रूपमा रहेको मिस टिन नेपाल गर्दै आएको छ। यसमा मिस धरान, मिस हेटौंडा, मिस पोखरा र मिस पूर्वाञ्चलले सोझै सहभागी हुन पाउने जानकारी अध्यक्ष दीपक भण्डारीले दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell