
पाउलो डिबलाले ह्याट्रिक गरेपछि दुई गोलले पछि परेको युभेन्ट्सले इटालियन सिरी ए मा जेनोओलाई ४-२ ले पराजित गरेको छ।
युभेन्ट्सका मिरालेमे पिजानिकले आत्मघाती गोल गरेपछि जेनोओले पहिलो मिनेटमै अग्रता लिएको थियो भने आन्द्रे गालाविनोभले सातौँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।
तर डिबलाले १४औँ र पहिलो हाफको इन्जुरी टाइमम गोल गर्दै खेल २-२ को बराबरी गरे। ६२औँ मिनेटमा जुवन कोर्डावोले गोल गर्दै युभेन्ट्सलाई पहिलो पटक अग्रता दिलाए।
डिबलाले इन्जुरी टाइममको गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे भने युभेन्ट्सलाई ४-२ को जित दिलाए।
लगातार दुई जितपछि ६ अंक झोडेको युभेन्ट्स गोल अन्तरमा इन्टर मलानलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा छ।
माउरो इकार्डीले दुई गोल गरेपछि इन्टरले पनि एक गोलले पछि परेको स्थति उल्टाउँदै रोमालाई ३-१ ले हरायो।
घरेलु मैदान एडेन जेकोले १५औँ मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए। तर अन्तिम २३ मिनेटमा इन्टरले ३ गोल गर्दै ३ अंक जोड्यो। ६७औ मिनेटमा पहिलो गोल गर्दै बराबरी गरेका इकार्डीले त्यसको दश मिनेटपछि व्यक्तिगत दवस्रो गोल गर्दै इन्टरलाई अग्रता दिलाए।
८७औँ मिनेटमा माटिएस भर्सिनोले इन्टरका लागि तेस्रो गोल गरे।