PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै

काठमाडौंः  भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कंदैछन्। 

५ दिनको भ्रमणका लागि बुधबार भारत गएका प्रधानमन्त्री आज राति स्वदेश फर्कन लागेका हुन्। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पहिलोपोस्टलार्इ भने, ‘नेपाल वायुसेवा निगमको उडानबाट प्रधानमन्त्री देउवा राति काठमाडौं आउने कार्यक्रम छ।’ 

आज दिउसो भारतका केही ठाउँको भ्रमण गरी देउवा नयाँदिल्ली हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता पौड्यालले बताए।

आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका प्रधानमन्त्री देउवाले  उच्चस्तरीय भेटवार्ता, छलफल तथा धार्मिक स्थलको भ्रमण गरेका छन्। 

भारत भ्रमणका विषयमा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell