PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण, प्रतिपरिवार २ लाख राहतको घोषणा



रासस

भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण, प्रतिपरिवार २ लाख राहतको घोषणा
फोटो श्रोतः indiatoday

बिहार : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बाढी प्रभावित बिहार राज्यको हवाई निरीक्षण गरेका छन्। 

हवाई निरीक्षणपछि तत्कालका लागि राहत स्वरुप पाँच अर्ब भारतीय रुपैँया तथा बाढीमा मृत्यु हुने पीडित परिवारलाई दुई लाख प्रतिव्यक्ति सहयोगको घोषणा गरेका छन्। 

उनले बाढीबाट भएको क्षतिको विवरण तयार गर्न केन्द्रीय टोलीलाई पठाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले बीमा कम्पनीका अधिकारीलाई बाढी प्रभावित क्षेत्रमा गई बाढीका कारण क्षति भएका कृषि बालीको लागत छिटो सङ्कलन गर्न आग्रह गरेका छन्। 

प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षणपछि बिहारका मुख्यमन्त्री नितीशकूमार, उप–मख्यमन्त्री शुशीलकूमारलगायतका नेतासँग चुनापुर विमानस्थलमा छलफल गरेपछि उक्त राहत घोषणा गरेका हुन्। 

प्रधानमन्त्रीको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले बिहार सरकारलाई सम्भव हुनेसम्म सवै सहयोग बाढी प्रभावित क्षेत्रमा पुर्याउने प्रतिवद्धता जनाउनुभएको छ।’ रासस/पीटीआई 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell