PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बारामा शनिबार बेलुकी हराएका बालक आज विहान मृत  फेला



रासस

कलैया : हराएको १४ घण्टापछि कलैया उपमहानगरपालिका–२० बस्तपुरका रामविजय साहका छोरा आज बिहान मृत फेला परेका छन्। 

शनिबार बेलुका करिब ५ बजेदेखि हराइरहेका साहका ६ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए। 

हत्या हो या आफैं पानीमा डुबेर मृत्यु भएको हो भन्ने बारेमा स्वास्थ्य परीक्षणपछि खुल्ने साहको भनाइ छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell