PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

राप्रपा (प्रजातान्त्रिक)को पहिलो बैठकः चुनावी रणनीति तयार पार्ने



पहिलोपोस्ट

राप्रपा (प्रजातान्त्रिक)को पहिलो बैठकः चुनावी रणनीति तयार पार्ने

काठमाडौं :  दल दर्ता भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पहिलो बैठकमा दुर्इ नम्बर प्रदेशमा निर्वाचनमा अवलम्बन गर्ने रणनीतिबारे छलफल गर्ने भएको छ। 

आज दिउसो बस्ने संसदीय दल र कार्यसमितिको पहिलो बैठकमा उसले निर्वाचनमा उम्मेदवार चयन तथा चुनावी तालमेललगायतका विषयलार्इ केन्द्रीत भएर छलफल गर्ने भएको हो। 

पार्टीको पहिलो बैठकमा तेस्रो चरणको निर्वाचनलार्इ केन्द्रमा राखेर पार्टीको आगामी कार्ययोजना तथा अबको राजनीतिक यात्राबारे छलफल हुने राप्रपा (प्रजातान्त्रिक)का नेता सुनिल थापाले पहिलोपोस्टलार्इ बताए। 

थापाले भने,‘प्रदेश नम्बर दुर्इमा हुँदै गरेको निर्वाचनबारेसमेत छलफल हुनेछ।’ 

पार्टी विभाजनको केही समयसम्म विवादित बनेको राप्रपा(प्रजातान्त्रिक) सर्वोच्चको अन्तरिम आदेशपछि निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगमा दर्ता भएपछि उसले व्यवस्थापिका संसद सचिवालयमा त्यसको जानकारी गराइसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell