PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

५० खेलसम्म अपराजित मेवेदर, म्याकग्रेगरलाई दशौँ राउण्डमै हराए



पहिलोपोस्ट

५० खेलसम्म अपराजित मेवेदर, म्याकग्रेगरलाई दशौँ राउण्डमै हराए

टेक्निकल नकआउट (टिकेओ) का आधारमा फ्लोएड मेवेदरले मोनोर म्याक ग्रेगरलाई १०औँ राउण्डमै पराजित गरेका छन्। नेपाली समयअनुसरा आइतबार बिहान अमेरिकाको लस भेगासस्थित टि मोबाइल एरेनामा भएको खेलमा जित हात पार्दै मेवेदरले अपराजित यात्रा ५० पुर्‍याएका छन्।

दशौँ राउण्डमा मेवेदरले लगातार म्याक ग्रेगरमाथि मुक्का प्रहार गरेपछि उनी रिङमै ढल्न लागेकव थिए। अनी रेफ्रिले खेल रोक्दै मेवेदरलाई विजयी घोषणा गरे।

सुरुको ३ राउण्डमा म्याक ग्रेगर मेवेदरमाथि हावी भएका थिए र ३ राउण्डमा लिड समेत गरेका थिए। तर त्यसपछिका राउण्डमा मेवेदरले म्याकग्रेगरलाई दबाबमा राख्दै लिड गरे।

आफ्नो ५०औँ खेलमा जित हात पारेपछि मेवेदरले खुशी व्यक्त गरे। 'मैले फ्यानलाई त्यही दिएँ जुन उनीहरुले हेर्न चाहेका थिए।' 'यो मेरो अन्तिम फाइट हो लेडिज एण्ड जेन्टरम्यान, पक्का।'

उनले २७ खेल नकआउटका आधारमा जितेका थिए।

खेलपछि अमेरिकी मेवेदर र युएफसीका आइरिस फाइटर म्याकग्रेगरले अंकमाल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell