
नयाँदिल्लीः पश्चिम भारतीय राज्य गुजरातमा आइतबार भएको सवारी दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
ट्रक र जिप आपसमा ठोक्किएर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो।
गुजरात राज्यको प्रान्तीय राजधानी गान्धीनगरबाट ३६४ किलोमिटर दक्षिणमा पर्ने बोताद जिल्लामा दुर्घटना भएको हो। मृत्यु हुनेमा पाँच महिला र ६ पुरुष छन्।रासस/सिन्ह्वा