PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

राप्रपाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता



रासस

राप्रपाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ  : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ। 

पार्टी उपाध्यक्ष टंक ढकालको नेतृत्वमा आयोगमा गएको प्रतिनिधिमण्डलले दल दर्ता गराएको सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

आयोगले आगामी प्रादेशिक तथा केन्द्रीय निर्वाचनका लागि दलहरुलाई दर्ताका लागि आजसम्मको समय दिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell