PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौंः प्रहरीले बहुविवाह मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

बहुविवाह मुद्दामा दोषी ठहर भई फरार भएका सिन्धुपाल्चोक कदमवास गाविसका २८ वर्षीय प्रकाशराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो।

गिरीलाई पुनरावेदन अदालत पाटनले २०७१ कात्तिक २३ गते दोषी ठहर गर्दै दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

पक्राउ परेका गिरीलाई प्रहरीले अदालतको आदेशमा कैद भुक्तानका लागि केन्द्रीय कारागार सुनधारा पठाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell