PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

गोरखापत्र र दूरसंचारमा सञ्चारमन्त्रीको छड्के : मन्त्रीले लगे हाजिरी पुस्तिका



रासस

गोरखापत्र र दूरसंचारमा सञ्चारमन्त्रीको छड्के : मन्त्रीले लगे हाजिरी पुस्तिका

काठमाडौँ :  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज मातहतका कार्यालयहरुको छड्के निरीक्षण गरेका छन्। 

मन्त्री बस्नेत गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय पुग्दा कार्यालय प्रमुखका साथै अन्य कर्मचारी कार्यालय समयमा उपस्थित भएको देखिएन। 

उनी बिहान १०ः२० गोरखापत्र संस्थानको कार्यालय पुगेका थिए। त्यहाँ संस्थानका अध्यक्ष र निमित्त महाप्रबन्धक उपस्थित थिए। 

मन्त्री बस्नेतले आवश्यक कारबाहीका लागि भनेर संस्थानका सबै हाजिरी पुस्तिका आफैंसँग मन्त्रालय लिएर गएका छन्। 

आजै मन्त्री बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको कमलादीस्थित कार्यालयको पनि छड्के निरीक्षण गरे। मन्त्री बस्नेत बिहान १०ः४५ बजे प्राधिकरणको कार्यालय पुग्दा अध्यक्ष कार्यालयमा भेटिएनन् भने कार्यालयका जम्मा ५८ कर्मचारीमध्ये ४३ जना मात्रै उपस्थित भएको पाइयो। 

मन्त्री बस्नेतले कर्मचारी कार्यालयमा आइसक्नुपर्ने समयभित्र पनि सबै कर्मचारी आइनपुगेको देखेपछि प्राधिकरण कार्यालयको विद्युतीय हाजिरी मेसिनमा टेप टाँसेर तत्काल हाजिरी रोक्न निर्देशन दिए। त्यहाँको हाजिरी विवरण पनि उनले आफूसँगै लिएर गए। 

छड्के निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले आफूले मातहतका कार्यालयमा कर्मचारी समयमा नआउने र जनताका काममा ढिलासुस्ती हुने गरेको गुनासाका आधारमा सत्यतथ्य पत्ता लगाउन निरीक्षणमा निस्केको जानकारी दिए। 

उनले समयमा कार्यालय नआउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कानुनी व्यवस्थाअनुसार आवश्यक कारबाही हुने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell