PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

नयाँ स्थानमा विद्युत् उत्पादन सम्भाव्यता अध्ययन गरिने



रासस

सुर्खेत :  ऊर्जामन्त्री महेन्द्र शाहीले ६ नं प्रदेश विद्युत्को भन्डार भएको बताएका छन्। 

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयको आज उद्घाटन गर्दै ऊर्जामन्त्री शाहीले ऊर्जाको विकास गर्न कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखिएको तथा ६ नं प्रदेशका नयाँ स्थानमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखिएको जानकारी दिए। 

मन्त्री शाहीसहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली कर्णाली र भेरी करिडोरको भम्रणमा छ। आज जाजरकोटमा ३३ केभी विद्युत् प्रसारण लाइनको औपचारिक उद्घाटन जाजरकोट सदरमुकाम हुँदैछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell