
काठमाडौंः साफ यू-१५ च्याम्पियनसिपको फाइनलमा भारतले दुई गोल गर्दै अग्रता लिएको छ।
भारतबिरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो। खेलको ४१औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।
तर ५९ औं मिनेटमा भारतकातर्फबाट एक गोल गर्दै खेल बराबरी भएको छ । भारतकातर्फबाट लाल रोकिमाले गोल फर्काएका थिए।
त्यस्तै, ७५ औं मिनेटमा भारतका क्याप्टेन प्रताप सिंहले अर्को गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका छन्।