काठमाडौँ : केही दिनअघि हरितालिका तीजको अवसरमा स्वास्थ्य सेवामा विशेष छुट भन्दै पत्रिकामा विज्ञापन आयो। विज्ञापन काठमाडौँ घट्टेकुलोस्थित विवादित नेशनल मेडिकल कलेजको थियो।
नेशनल मेडिकल कलेजले सम्बन्धन पाएपछि सुनसान बिल्डिङलाई सम्बन्धन दिएको भन्दै विवाद भयो। कलेजले आफ्नो तर्फबाट बचाउ गर्दै गयो। तर, एकपछि अर्को कलेजले गरेका अनियमितता खुल्दै गए।
कलेज स्थापना भएको चार वर्ष भयो। आवश्यक पूर्वाधारहरु केही छैन। त्रिवि विद्यापरिषदले आवश्यक पूर्वाधार पुगेको प्रतिवेदनको आधारमा कलेजलाई सम्बन्धन दिएको बताइरहेको छ।
यस्तो सम्बन्धन दिन त्रिविका तत्कालीन उपकुलपति हीराबहादुर महर्जनले आइओएमका डा. करविरनाथ योगीको संयोजकत्वमा ७ सदस्यीय चिकित्सकहरुको टोलीलाई खटाएका थिए।
टोलीले २०७० कात्तिक २७ गते बुझाएको प्रतिवेदनमा दुई सयभन्दा बढी बिरामी दिनहुँ अस्पताल पुग्ने, पर्याप्त बेड, अस्पताल परिसरभित्र फार्मेसी घर भाडामा लिएको, ६५ भन्दा बढी प्राध्यापकहरु कार्यरत जस्ता तथ्य उल्लेख छ।
तर, प्रतिवेदन प्रस्तुत गरेको चार वर्ष पुगिसक्दा उक्त कलेजमा प्रतिवेदनमा लेखिएजस्ता कुनै पूर्वाधार देखिँदैन।
सुनसान बिल्डिङ भएपनि कलेजले सम्बन्धन पायो। पत्रिकामा बिरामीहरुलाई छुट गर्ने विज्ञापन गर्योक। अब त अस्पतालले केही सुधार गरेको होला कि? अब त अस्पतालमा बिरामी पुगेका होलान् कि ?
यही बुझ्न आज हामी नेशनल मेडिकल कलेज पुग्यौँ। त्यहाँ अझै पनि सुनसान रहेछ। पत्रिकामा गरेको विज्ञापनले त्यहाँ केही प्रभाव पारेको छैन।
नेशनल मेडिकल कलेजको गेटमै सेक्युरीटी गार्डले सोध्छन्, ‘उपचार गराउन हो कि अरु कसैलाई भेट्नु छ? उपचार गराउन भने मात्र छिर्न सकिन्छ। अन्य काम भन्यो भने गेटबाट भित्र छिर्न मुस्किल छ।
गेटबाट भित्रछिरेपछि नर्सको ड्रेसमा बसिरहेका युवतीहरु देखिन्छन्। केही दिनअघिसम्म सुनसान रहेको घरमा भएको परिवर्तन भनेको नै नर्सिङ ड्रेसमा बसेका युवतीहरु हुन्।
सोधपूछ गर्ने रिसेप्सन खाली छ। बस्ने कुर्सीहरु जथाभावी छन्। हिँड्ने बाटोमा कुर्सी राखेकाले अव्यवस्थित देखिएको छ। मान्छे आवतजावत नभएकाले हिँड्न गाह्रो छैन।
इमर्जेन्सीमा एकजना डाक्टर बसिरहेका छन्। बिरामी छैनन्। बेड खाली छ। ल्याब रुम र रिपोर्टिङ रुम खुल्ला भए पनि मानिसहरु छैनन्। अस्पतालको प्रतिक्षालयमा देखिएका नर्सिङ पोशाकमा देखिएका युवतीहरुको कारण झट्ट हेर्दा अस्पताल खुलेजस्तो देखिन्छ।
तर, यथार्थ त्यस्तो छैन। दोस्रो तल्ला उक्लिएपछि झनै शुन्य छ। दोस्रो तलादेखि नवौँ तलासम्म पुरै शून्य। न मानिस भेटिन्छन्, न बिरामी नै।
पहिलो तलाबाट दोस्रो तला पुग्नेबित्तिकै गाइनेवार्ड देखिन्छ। त्यहाँ केही छैन। बेडहरु खाली छन्। वार्डको २ वटा ढोकाहरु बन्द छ।
तेस्रो तलामा आइसीयु र अपरेशन गर्ने भन्ने बोर्ड टाँसिएको छ। त्यो तल्लाका सबै ढोका बन्द छ। मानिसहरु छैनन्।
चौथो तल्लामा आँखाको बिरामीहरुको लागि वार्ड र बेड छ। त्यहाँ पनि त्यस्तै सुनसान। रित्तो बेड।
पाचौँ तलामा मेल मेडिसन लेखिएको छ। त्यो पनि त्यस्तै।
पहिलो तलादेखि नवौ तलासम्म पुग्दा क्रमशः डेन्टल, बालबालिका, छाला, साइक्याक्ट्रिक र एनोटेमी लगायतका रुम र बिरामी राख्ने वार्डहरु देखिन्छन्। धेरै ठाउँमा ताला लगाइएको छ भने ताला नलगाएका रुमहरुको बेड पुरै खाली छ। धुलो र मैलो कटकटिएर बेडहरु फोहोर देखिएका छन्।
मेडिकल कलेजका बाहिरी भित्ताहरु चर्किएर टालिएका स्पष्ट देखिएका छन्। भित्र फार्मेसी छैन। माथिसम्म जानको लागि लिफ्ट र भर्याङ बाहेक बिरामीलाई आकस्मिक रुपमा स्ट्रेचर वा ह्विलचियरमा लैजान अन्य विकल्प छैन। पार्किङको असुविधाले केही निजी सवारी साधनसमेत अव्यवस्थित रुपमा पार्किङ गरिएको छैन।
पूर्वाधार नपुगेको कलेजलाई जथाभावी सम्बन्धन दिन नमिल्ने भन्दै डाक्टर गोविन्द केसीले लामो समयदेखि विरोध गर्दै आएका छन्। सरकारले कलेजको सम्बन्धन खारेज नगरे फेरि अनसन बस्ने उनले बताइसकेका छन्। पछिल्लो पटक उनी अनसनमा बसिरहेकै बेला सम्बन्धन दिइएको हो। सम्बन्धनको खबर भने अनसन स्थगित भइसकेपछि मात्रै बाहिर आएको थियो।
पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्रस्तावित चिकित्सा शिक्षा विधेयक र प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत काठमाडौँको नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। विभिन्न स्वतन्त्र समूहहरुले त्रिवि उपकुलपति तीर्थ खनियाविरुद्ध प्रदर्शन सुरु गरिसकेका छन्।
आइओएमले उक्त कलेजलाई क्षमता नभएको भन्दै २०७० सालमै सम्बन्धन दिन रोक लगाएको थियो।
नेशनल कलेजले सम्बन्धन पाउनुअघि र पाएपछि समेत आइओएमका डिन जगदिशप्रसाद अग्रवालले जानकारी पाएका थिएनन्। आइओएमले जानकारी नपाई कसरी पायो नेशनलले सम्बन्धन? यही कारण पनि नेशनल कलेजको विरोध भएको हो।
प्रकाश सायमी त्रिविको डिन हुँदा थप मेडिकल कलेजलाई सम्बन्धन दिने क्षमता नभएको भन्दै बन्द गरिदिएका थिए। त्यही वर्ष त्रिविका उपकुलपति हीराबहादुर महर्जनले आफै सूचना निकालेर सम्बन्धन लिन आह्वान गरी चारवटा मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएका थिए। तर, आइओएमले त्रिविको उक्त प्रतिवेदन बैठकमा लगेन।
त्यहीबेला डाक्टर करविरनाथ योगीको टोलीले नेशनल कलेजको प्रतिवेदन तयार गरेको थियो।
नेशनल कलेजका सन्चालक जैनुद्दिन अन्सारीले सम्बन्धन पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले कानुनबमोजिम निर्णय गर्नु भन्ने परमादेश २०७१ भदौ ३१ गते जारी गरेको थियो।
यस्तै विवाद, आवश्यक पूर्वाधारको कमि र अपार्टमेन्टमा मेडिकल कलेजको व्यापार गर्न लागेको भन्दै नेशनल मेडिकल कलेजको सम्बन्धनको विरोध भएको हो।

यतिधेरै विरोध किन त ?
पूर्वाधार नपुगेका कारणमात्र उक्त कलेजको सम्बन्धनको विरोध भएको हैन। चिकित्साशास्त्र अध्यन संस्थान आइओएम विद्यापरिषद २०७० को निर्णयविपरित चिकित्सा शिक्षा ऐन नआएसम्म सम्बन्धन नदिने मन्त्रिपरिषद्को निर्णय विपरीत नेशनल कलेजले सम्बन्धन पाएको हो।आइओएमले उक्त कलेजलाई क्षमता नभएको भन्दै २०७० सालमै सम्बन्धन दिन रोक लगाएको थियो।