PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

‘जोनी जेन्टलम्यान’को तेस्रो गीत ‘जब जब तिम्रो साथ’ सार्वजनिक



पहिलोपोस्ट

‘जोनी जेन्टलम्यान’को तेस्रो गीत ‘जब जब तिम्रो साथ’ सार्वजनिक

काठमाडौं: फिल्म ‘जोनी जेन्टलम्यान’को तेस्रो गीत सार्वजनिक गरिएको छ। फिल्म प्रचार प्रसारका लागि युनिटले ‘जब जब तिम्रो साथ’ बोलको गीत रोमान्टिक भिडियो सहित आइतबार युट्युबमार्फत सार्वजनिक गरेको हो।

गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र संयोजन रहेको छ। गीतमा स्वर भने अन्जु पन्त र सुरेश लामादे दिएका छन्। गीतको भिडियोमा मुख्य दुई पात्र पल शाह र आँचल शर्माको फिचरिङ रहेको छ। उक्त भिडियोलाई प्रविन सिंहले निर्देशन गरेका हुन्। फिल्मको यसअघि दुई गीत ‘तिमी बिना मान्दैन यो मन’ र ‘क्याटवाक’ सार्वजनिक भैसकेका छन्।

भदौ ३० गते प्रदर्शन हुने फिल्मलाई नितिन चन्दले निर्देशन गरेका हुन्। नितिन चन्दको निर्देशन रहेको ‘जोनी जेन्टलम्यान’मा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ प्रशान्त तामाङको नृत्य निर्देशन तथा प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell