PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

सिद्धार्थ मलहोत्राको जेन्टलम्यानको एचडी भर्सन अनलाइनमा लिक्ड



पहिलोपोस्ट

सिद्धार्थ मलहोत्राको जेन्टलम्यानको एचडी भर्सन अनलाइनमा लिक्ड

सिद्धार्थ मलहोत्रा र ज्याकलिन फर्नान्डेजको फिल्म जेन्टलम्यान गएराति पाइरेसीको सिकार भएको छ।शुक्रबारमात्रै फिल्म रिलिज भएको थियो, भोलिपल्टै लिक भयो।

आइबीटाइम्सका अनुसार लिक हुनासाथ फिल्म सामाजिक सञ्जालबाट ब्यापक रुपमा सेयर भयो। धेरै गैरकानुनी वेबसाइटहरुले फिल्म डाउनलोड गर्नका लागि अफर गरे। केहीले एचडी मै फिल्म डाउनलोड गर्न सक्ने गरी अनलाइनमा राखे भने केहीले भिजुअल नराम्रो हुनेगरी अपलोड गरे।
ह्याप्पी इन्डिङ बक्स अफिसमा नराम्ररी फसेको तीन वर्षपछि राज एन्ड डीके रिलिज भएको हो।

त्यसो त अक्षय कुमारको महत्वाकांक्षी प्रोजेक्ट ट्वाइलेट एक प्रेम कथा पनि अफिसियल रिलिजको एक दिन अघि नै लिक भएको थियो। सलमान खानको सुल्तान र बजरङ्गी भाइजान तथा नवाजुद्धिनको माझी पनि यसको सिकार भएको थियो। शाहिद कपुरको उड्ता पञ्जाब र अमिताव बच्चनको पा पनि यस्तै सिकार भएको थियो।

जेन्टलम्यानले बक्स अफिसमा मिक्स्ड रियाक्सन पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell