PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

अमेरिकी प्रतिबन्धको विरोधमा भेनेजुएलामा प्रदर्शन, सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु



रासस

अमेरिकी प्रतिबन्धको विरोधमा भेनेजुएलामा प्रदर्शन, सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु
फोटो श्रोतः एपी

कराकसः दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शनिबार अमेरिकाले मानव अधिकार उलङ्घन भएको भन्दै लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरिएको छ। 

भेनेजुएली राष्ट्रपति निकोलास मदुरो र सत्ताधारी पार्टीसँग आवद्ध व्यक्तिहरुले जुलुस निकालेका हुन्। 

प्रदर्शनकारीहरुले अमेरिकी सरकारको अतिक्रमणलाई अस्विकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला (पिएसयुभि)’ का नेता दारियो भिभास्ले एक टेलिभिजनमा बताएका छन्। 

यसैबीच, भेनेजुएलाली सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु गरेको छ। सरकारले देशभरी सैन्य तालिम सुरु गरी अभ्यासको आयोजना गर्दै हजारौ सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ। 

सरकारले दुई लाख सैनिक र ७ लाख सर्वसाधारण र आवश्यकता अनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने व्यक्तिहरुलाई तालिममा तैनाथ गरिएको छ। 
अमेरिकाले निकोलास मदुरो सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप लगाउँदै दवाव बढाएपछि सैन्य अभ्यास आयोजना गरिएको हो। राजधानी कराकस र भेनेजुएलाका अन्य सहरमा आधारभूत सैन्य गतिविधिबारे सर्वसाधारणलाई तालिम दिइएको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell