PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

श्रम तथा रोजगार मन्त्रालयले गर्‍यो ६ देशमा श्रम सहचारी नियुक्त



रासस

श्रम तथा रोजगार मन्त्रालयले गर्‍यो ६ देशमा श्रम सहचारी नियुक्त

काठमाडौँ :  श्रम तथा रोजगार मन्त्रालयले छ देशमा श्रम सहचारी नियुक्त गरेको छ। 

दक्षिण कोरियाको काउन्सेलरमा डिल्लीराम बास्तोला, मलेसियाको काउन्सेलरमा बद्रीकुमार कार्की, संयुक्त अरब इमिरेट्स (युयई)को श्रम सहचारीमा मोतिराम भुसाल, ओमनको सहचारीमा कृष्णाकुमारी गौली, कुवेतको सहचारीमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कुँवर सहचारीका रुपमा नियुक्त भएका छन्। 

काउन्सेलरमा नेपाल सरकारका उपसचिवस्तरका र सहचारीमा अधिकृतस्तरका कर्मचारी रहने व्यवस्था छ। 

काउन्सेलर र सहचारी नियुक्ति तथा छनौटसम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ को मूल्याकंन प्रक्रियाबमोजिम प्राप्ताङ्कका आधारमा उनीहरुलाई छनौट गरिएको मन्त्रालयले जनाएको छ। 

यसअघि सहचारी नियुक्तिका लागि सहज मापदण्ड रहेकामा यसपटक अङ्ग्रेजी भाषालाई उच्च प्राथमिकतामा राख्दै कार्यविधि बनाएर सोही अनुरुप निवेदन माग गरिएको थियो। 

सहचारीका लागि २० जनाले आवेदन दिएकामा ११ जना मात्रै प्रस्तुतीकरणमा सहभागी भएका थिए। छनौटमा परेकाले दुई वर्षका लागि ती देशमा रहेको नेपाली दूतावासमा वैदेशिक रोजगारीसम्बन्धी विषयमा सहजीकरणको माग गर्नेछन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell