PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

ऋषि कपूर विरुद्ध एफआइआर दर्ता



पहिलोपोस्ट

ऋषि कपूर विरुद्ध एफआइआर दर्ता

बलिउड कलाकार ऋषि कपूरविरुद्ध एफआइआर दर्ता भएको छ। माइक्रो ब्लगिङ साइट ट्विटरमा बच्चाको नाङ्गो फोटो पोस्ट गरेको आरोपमा उनलाई पुलिस रिपोर्ट दर्ता भएको बलिउड हंगामामा जनाइएको छ।

ट्वीटका कारण ऋषि कपूर विवादमा तानिएका यो पहिलो पटक भने होइन। हरेक पटक आफ्नो विवादित ट्वीटको स्पष्टिकरण दिंदै आएका उनले यो पटक त्यो मौका पाएनन्। उनले ट्वीट्टरमा बच्चाको न्यूड फोटो पोस्ट गरेपछि ‘द जय हो’ नामक संस्थाले उनको ट्वीटको बिरोध गर्दै एफआइआर दर्ता गराएको हो। संस्थाका अध्यक्ष अफ्रोज मल्लिकले दिएको निवेदनमा उल्लेख गरे अनुसार ‘अनुचित, नाङ्गो र छाडा’ फोटो पोस्ट गरेका हुन्। संस्था र अधिवक्ता अदिल खत्रीले पुलिसमा ऋषी विरुद्ध निवेदन दिएका हुन् उनीहरुले प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स र आइटी एक्टका अनुसार कारवाहीको माग गरेका हुन्।

बलिउड हंगामाका अनुसार उनी विरुद्ध निवेदन पेश गर्दासम्म उनको उक्त ट्वीटमा ६२ रिट्वीट र ३७६ लाइक आइसकेको थियो। डिलिट गरिएको फोटोमा नाङ्गो बच्चा र उसको संवेदनशिल अङ्गमा हेडफोन देखाइएको थियो। जनाइए अनुसार ऋषी कपूरलाई ५ वर्ष जेल सजाय हुन सक्छ।

कपूर अभिनित फिल्म ‘पटेलकी पञ्जावी सादी’ सेप्टेम्बर १५ मा सार्वजनिक हुँदैछ। फिल्ममा परेश रावल, विर दास, पायल घोष लगायतको अभिनय रहेको छ। अमिताभ बच्चनसँगको फिल्म १०२ नट आउट पनि प्रोडक्शनमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell