
मार्को असेन्सिओले दुई गोल गर्नुका बावजुत पनि साविक विजेता रियल मड्रिड ला लिगमा बराबरीमा रोकिएको छ। गएराती भएको दोस्रो चरणको खेलमा रियल भ्यालेन्सियासँग २-२ गोलको बराबरीमा रोकियो।
गत सिजन ला लिगा च्याम्पियन बनेको रियललाई भ्यालेन्सिया विरुद्ध खेल हुनु अघि ट्रफी प्रदान गरिएको थियो।
गत मे २१ मा मालागालाई २-० हराएपछि रियल ला लगा च्याम्पियन बनेको थियो। त्यसको ९८ दिनपछि रियलका खेलाडी उक्त ट्रपी उचाल्ने मौका पाएका हुन्।
घरेलु मैदानमा सान्टियागो वर्नावेउमा ट्रफी हात पारेपछि खेलको दशौँ मिनेटमै असेन्सिओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर ८ मिनेटपछि नै कार्लोस सोलेरले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए।
दोस्रो हाफमा भ्यालेन्सियाले अग्रता लियो। ७७औँ मिनेटमा जिफ्रे कोन्डोग्बियले गोल गर्दै भ्यालेन्सियालाई २-१ को अग्रता दिलाए। ८३ औँ मिनेटमा असेन्सिओले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले खेल बराबरी गर्यो।
त्यसपछि खेलमा गोल गर्न नसक्दा रियलले बराबरी खेल्दै अंक बाँडेको हो।
यस्तै अर्को खेलमा सेभियाले गेटाफलाई १-० ले पराजित गरेको छ। सेभियाकव जितमा खेल सकिन ७ मिनेट अगाडी पाब्लो गान्सोले निर्णायक गोल गरे।