PahiloPost

May 15, 2024 | २ जेठ २०८१

१६औँ लिस्नुकप नकआउट फुटबल सुरु, विजेताल २ लाख



चन्द्रकान्त खनाल

१६औँ लिस्नुकप नकआउट फुटबल सुरु, विजेताल २ लाख
फोटो : गोलनेपाल डटकम

रुपन्देही :  १७ औँ लिस्नुकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही विजयी भएको छ।

पशुपति उच्च मावि कोटिहवाको खेल मैदानमा आइतबार सम्पन्न खेलमा शुद्धोधन गाउंपालिकाको फर्साटिकर फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै नवयुवा अघिल्लो चरणमा प्रवेश गरेको हो।

नवयुवाको जितका लागि निर्मल कार्कीले खेलको ३०औं मिनेटमा र दोस्रो हाफको २०औं मिनेटमा गोल गरेका थिए भने सरोज थापाले दोस्रो हाफको १०औं मिनेटमा एक गोल गरेका थिए। फर्साटिकरका लागि दोस्रो हाफको दोस्रो मिनेटमा भुपाल गुरुङ र ३४ औं मिनेटमा अनिल बानियाँ क्षेत्रीले गोल गरेका थिए।

खेलको 'म्यान अफ द म्याच' फर्साटिकर फुटबल क्लबका जीवन गुरुङ घोषित भए।

सोमबारको खेल सुपौली फुटबल क्लब तिलोत्तमा-१४ र ढेकार फुटबल क्लब देवदहबीच हुने छ।

रुपन्देही, नवलपरासी, स्याङजा जिल्लाका गरी १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पुग्ने २ टिमले सान्त्वना पुरस्कार २५–२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell